गोदावरी ललितपुर, भदौ २१ : नेकपा (एमाले) दोस्रो विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि १० समूहमा छलफल सुरु भएको छ । सात प्रदेश, उपत्यका विशेष, जनसङ्गठन र प्रवास गरी दस समूहले प्रतिवेदनमाथि छलफल सुरु भएको हो ।
अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्ताव, महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक, निर्वाचन आयोगका संयोजक डा. विजय सुब्बा, लेखा समितिको प्रस्ताव डा. पुष्प कँडेल, अनुशासन आयोग संयोजक केशब वडाल र सल्लाकार परिषद् संयोजक अमृत बोहोराले प्रतिवेदन पेस गुर्नभएको थियो ।
प्रतिनिधिहरूलाई प्रस्तुत भएका प्रतिवेदनमाथि फरक मत तथा असहमति भए आ–आफ्नै समूहमा बहस गर्न अध्यक्ष केपी शर्मा ओलीले निर्देश गर्नुभएको छ ।

दस समूहमा सबै प्रतिवेदनमाथि छलफल जारी रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो । प्रत्येक समूहले बहस नोट कमिटी, छलफलको प्रतिवेदन लिखित र टोली नेताले प्रतिवेदन हलमा पेस गर्न महासचिव पोखरेले निर्देश गर्नुभएको छ ।
त्यसैगरी बन्दसत्रले सचिव लेखराज भट्टको संयोजकत्वमा बहस नोट कमिटी गठन भएको छ । जसमा सदस्यहरू स्थायी कमिटी सदस्य किरण गुरुङ, पोलिटब्यूरो सदस्य सूर्य थापा, जुली महतो, केन्द्रीय सदस्य विष्णु रिजाल, निरज आचार्य र विष्णुमाया विक रहनु भएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












