09/02/2025, 16:50:08
मङ्गलबार, भदौ १७, २०८२

कर्णाली राजमार्ग अवरुद्ध : स्याउ बाटोमै कुहिने चिन्ता


कर्णाली,भदौ १७ : कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ बिक्री गर्न समस्या भएको छ। कालीकोटको शुभकालिका गाउँपालिका-१ गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग तीन दिनदेखि अवरुद्ध छ । राजमार्ग अवरुद्ध हुँदा आवतजावत गर्न समस्या भएको हो ।

जुम्लाबाट स्याउ बोकेर सुर्खेत, नेपालगञ्ज, काठमाडौँलगायत देशका विभिन्न ठाउँका लागि गुडेका मालवाहक ट्रक राजमार्गमै थन्किएका छन् । यसले यात्री र स्याउ व्यापारीले तीनदेखि सास्ती खेपिरहेका छन् । गन्तव्यमा पुर्याइसक्ने बेलामा बाटोमै अलपत्र पर्दा व्यापारीलाई स्याउ कुहिने चिन्ता छ । राजमार्ग खुलाउन पहल हुन नसकेको यात्री बालाराम नेपालीले बताए ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..