१२ भदौ, काठमाडौं : अघिल्लो दिन २८१९ अंकमा बन्द भएको सेयर बजार बिहीबार घटेको छ । ३८.१० अंक घटेसँगै आज नेप्से २७८१ मा बन्द भएको छ । सुरुवातमा केही उतारचढाव देखिँदै साढे १ बजेसम्म २८ सयमाथि नै रहेको बजार त्यसपछि थप घट्न पुग्यो । बजार घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ७ अर्ब ६८ करोडको कारोबार भएकोमा ८ अर्ब ९ करोड रुपैयाँको भयो ।
२४ कम्पनीको मूल्य बढ्दा २२७ को घट्यो । आज अधिकांश सेक्टरका सूचक घटे । विकास बैंक सबैभन्दा धेरै २.३८ प्रतिशत घट्यो । बैंकिङ ०.८७, फाइनान्स १.९७, होटल तथा पर्यटन १.६०, हाइड्रोपावर १.४४, लगानी १.५८, जीवन बीमा १.६५, उत्पादन तथा प्रशोधन १.७०, माइक्रोफाइनान्स १.४०, अन्य १.७० र व्यापार १.२६ प्रतिशत घटे । निर्जीवन बीमा जम्मा ०.०१ प्रतिशत बढ्यो ।
विकास हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । मैलुङखोला जलविद्युत्को मूल्य ३.६२, थ्रीस्टार हाइड्रोपावरको ३.४१, एनएलजी इन्स्योरेन्सको ३.१९ तथा पिपुल्स पावरको मूल्य ३.१७ प्रतिशत बढ्यो । त्यस्तै ओरियन्टल होटलको मूल्य सबैभन्दा धेरै ४.७१ प्रतिशत घट्यो । लुम्बिनी विकास बैंकको ४.१८, सांग्रिला डेभलपमेन्ट बैंकको ३.८७, सिक्लेस हाइड्रोपावरको ३.८० तथा जनउत्थान सामुदायिक लघुवित्तको ३.६६ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका पाँच कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट तथा युनाइटेड मोदी हाइड्रोपावर क्रमशः अगाडि छन् ।