काठमाडौं, भदौ ६ : नेपालको अग्रणी कम्प्युटर तालिम संस्था ब्रोडवे इन्फोसिसले अन्तर्राष्ट्रिय डिजिटल प्रतिभा विकास पुरस्कार प्राप्त गरेको छ।
ताइवानको ताइपेईमा आयोजित एक विशेष समारोहमा वर्ल्ड इन्नोभेशन, टेक्नोलोजी एण्ड सर्भिसेस एलायन्सले ब्रोडवे इन्फोसिसलाई उक्त पुरस्कार प्रदान गरेको हो।
सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्दै डिजिटल प्रतिभालाई नवीनता र सीप विकासमा योगदान दिएको कारण ब्रोडवे इन्फोसिसलाई सम्मानित गरिएको क्यान महासंघका पूर्वअध्यक्ष रञ्जित पोदारले जानकारी दिनुभयो । उहाँका अनुसार, यो पुरस्कार १३ क्याटेगोरीमा आएका १३० उत्कृष्ट प्रस्तावहरूमध्येबाट छनोट गरी प्रदान गरिएको हो।

ब्रोडवे इन्फोसिसका प्रबन्ध निर्देशक हरिकृष्ण अधिकारीले यो उपलब्धि नेपालको सूचना प्रविधि विकासमा कोसेढुंगा सावित भएको बताउनु भयो उहाँले भन्नुभयो, “हामीले प्रविधिको दुनियाँमा डिजिटल शिक्षा, सीप विकास र नवीनतालाई प्राथमिकता दिँदै विश्वस्तरको दक्ष जनशक्ति उत्पादनमा निरन्तर काम गर्दै आएका छौं।”
उहाँका अनुसार उच्च गुणस्तरीय, उद्योग–अनुकूल सूचना प्रविधि शिक्षाको विकास, डिजिटल सीप अभिवृद्धि र नेपाल बाहिर डिजिटल जनशक्तिको प्रभावकारी व्यवस्थापन गर्दै आगामी पुस्तालाई निरन्तर पोषण गर्ने प्रतिबद्धता ब्रोडवे इन्फोसिसको रहेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










