२८ साउन, काठमाडौं : बुधबार सेयर बजार १०.५० अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २७८५ अंकमा कायम भएको छ । कारोबारका क्रममा दिउँसो १ बजे नेप्से २८१३ अंकसम्म पुगेको थियो । त्यसपछिको ओरालो यात्रा करिब अन्तिम समयसम्म नै कायम रह्यो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ६ अर्ब ९१ करोडको कारोबार भएकोमा आज ६ अर्ब १६ करोडको भयो ।
८९ कम्पनीको मूल्य बढ्दा १५९ को घट्यो भने एउटाको स्थिर रह्यो । आज व्यापारबाहेक अरु समूहका सूचकको उतारचढाव १ प्रतिशत मुनि नै सीमित रह्यो । व्यापार सबैभन्दा धेरै १.५० प्रतिशत घट्यो । बैंकिङ ०.६९, होटल तथा पर्यटन ०.५४, हाइड्रोपावर ०.३०, लगानी ०.०२, जीवन बीमा ०.५६, उत्पादन तथा प्रशोधन ०.१०, माइक्रोफाइनान्स ०.२२ तथा निर्जीवन बीमा ०.२७ प्रतिशत घटे ।
विकास बैंक समूह ०.३५, फाइनान्स ०.०४ र अन्य ०.०३ प्रतिशत बढे । मायाखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ५.७४ प्रतिशत बढ्यो । त्यस्तै नेपाल रिपब्लिक मिडियाको ३.६६, सप्तकोशी विकास बैंकको ३.३३, समाज लघुवित्तको ३.३१ प्रतिशत मूल्य बढ्यो ।सिक्लेस हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ७.२२ प्रतिशत घट्यो । बलेफी हाइड्रोपावरको ३.४५ तथा उपकार लघुवित्तको २.८२ प्रतिशत घट्यो ।
आज धेरै कारोबार भएका पाँच कम्पनीमा बलेफी हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, शिवम् सिमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर र नेपाल पुनर्बीमा कम्पनी छन् ।