१४ असोज, काठमाडौं । राष्ट्रसंघीय महासभाबाट १० दिनपछि फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार निवासमा क्याबिनेट बैठक डाकेका छन् । बाढी पहिरो र उद्धारका लागि आवश्यक निर्णय लिन ओली आउनेबित्तिकै मन्त्रिपरिषद् डाकिएको प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो ।
सिंहदरबारमा नियमित बैठक गर्दै आएका प्रधानमन्त्रीले आफू राष्ट्रसंघ महासभाबाट फर्के लगत्तै निवासमा मन्त्रिपरिषद् बोलाएका हुन् । बैठक केही बेरपछि सुरु हुने बताइएको छ ।