२१ साउन, काँक्रेविहार (सुर्खेत): कर्णाली प्रदेश मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले प्रदेशसभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्का मुख्य निर्णयहरू
प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेका छन्:
सचिवको सरुवा: मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रदेश सचिव ढोलकराज ढकाललाई सामाजिक विकास मन्त्रालयमा खटाउने निर्णय गरिएको छ।
प्रशासनिक केन्द्र तोक्ने सिफारिस: सर्वोच्च अदालतको आदेशअनुसार, जाजरकोटको जुनीचाँदे गाउँपालिकाको प्रशासनिक केन्द्र वडा नं ४ लुहादहमा तोक्नका लागि सङ्घीय सरकारसमक्ष सिफारिस गर्ने निर्णय भएको छ।
कार्यविधि र पुरस्कार: बैठकले ‘पत्रकारिता पुरस्कार वितरण कार्यविधि, २०८२’ लाई स्वीकृत गरेको छ।
अनुगमन समिति गठन: प्रदेश सरकारका कार्यालयहरूमा सूचना अधिकारीको व्यवस्था कार्यान्वयन भए नभएको अनुगमन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत शासकीय सुधार महाशाखाका सचिवको संयोजकत्वमा एक अनुगमन समिति गठन गर्ने निर्णय पनि भएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








