काबुल, ५ साउन : अफगानिस्तानको अन्तरिम सरकारअन्तर्गतको स्वास्थ्य मन्त्रालयले देशभर पोलियो रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले चारदिने पोलियो खोप अभियान सुरु गरेको घोषणा गरेको छ ।
सोमबारदेखि बिहीबारसम्म सञ्चालन हुने यस अभियान अन्तर्गत देशका ३४ मध्ये १९ प्रान्तमा पाँच वर्षमुनिका करिब ७३ लाख बालबालिकालाई पोलियोविरुद्धको खोप प्रदान गरिनेछ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमान अमरखेलले जानकारी दिँदै भन्नुभयो,“संक्रामक रोगको नियन्त्रणमा स्वास्थ्य मन्त्रालय प्रतिबद्ध छ। यस अभियानमार्फत हामी देशभर पोलियो फैलिन नदिन सबै आवश्यक उपाय अपनाउँदै छौं ।”

उहाँले समुदायका अगुवा, धार्मिक विद्वान तथा अभिभावकहरूलाई खोप कार्यान्वयनमा पूर्ण सहकार्य गर्न आग्रह गर्नुभयो। उहाँले थप भन्नुभयो,“बालबालिकाको उज्वल भविष्य सुनिश्चित गर्न हामी सबैको सहकार्य आवश्यक छ ।”
स्वास्थ्य मन्त्रालयले आम नागरिकलाई पोलियो खोप अभियानमा सक्रिय सहभागिता जनाई, स्वास्थ्यकर्मीहरूसँग सहकार्य गर्न अनुरोध गरेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















