शनिबार, पुष १३, २०८१

भैंसेपाटीमा कार्यरत विवादमा तानिएकी इन्स्पेक्टर शाहीको जिम्मेवारी खोसियो


१० असोज, काठमाडौं । ललितपुरस्थित प्रहरी प्रभाग भैंसेपाटीमा कार्यरत इन्स्पेक्टर विनु शाहीको जिम्मेवारी खोसिएको छ । उपत्यका प्रहरी कार्यालयका एसएसपी विनोद घिमिरेले उनलाई जिम्मेवारीबाट फिर्ता बोलाउने निर्णय भएको जानकारी दिए ।

आर्थिक अपचलन गरेको आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरले उनीमाथि अनुसन्धान सुरु गरेको छ । जेठ २३ मा उनलाई भैंसीपाटी पठाइएको थियो । बलात्कार घटनालाई हनिट्रयापमा रूपान्तरण गरेर उनले आर्थिक ‘फाइदा’ लिएको आरोप छ । उनका दुई जना आफन्तको खातामा बलात्कार आरोपीले रकम जम्मा गरेको भेटिएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले बताए ।

उपत्यका प्रहरी कार्यालयको निर्देशन अनुसार, यो प्रकरणमा छानबिन गर्न जिल्ला प्रहरी परिसर, ललितपुरका डीएसपी नरहरि अधिकारीको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति बनेको छ । समितिले दिने प्रतिवेदनका आधारमा उनलाई कस्तो किसिमको कारबाही हुने टुंगो लाग्ने बताइएको छ । ललितपुर प्रहरीका अनुसार, इन्स्पेक्टर शाहीले एक व्यवसायीलाई नियन्त्रणमा लिएर ३० लाख रुपैयाँ लेनदेन गरेको आरोप छ । उनले त्यो रकम आफन्तको नाममा रहेको खातामा हाल्न लगाएको आरोप छ । यो घटनामा संलग्न केहीलाई ललितपुर प्रहरीले नियन्त्रणमा लिइसकेको समेत बताइएको छ ।

कञ्चनपुरमा रहँदा पनि बिनु विवादमा परेकी थिइन् ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading