कञ्चनपुर, १ साउन : छाउगोठमा सर्पदंश लागेर मृत्यु भएकी कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीय कमला दमाईंका परिवारलाई नेपाली कांग्रेस प्रदेशसभा कार्यसमिति क्षेत्र नं २ (क) कञ्चनपुरले आज आर्थिक सहयोग प्रदान गरेको छ ।
पार्टीका प्रदेशसभा कार्यसमिति क्षेत्र नं २ (क) का सभापति झङ्करबहादुर खडका(पुरन)को अगुवाइमा रहेको टोलीले रु २१ हजार पाँच मृतकका आश्रित परिवालाई प्रदान गरेको हो ।
कार्यसमितिका पदाधिकारीले मानवीय सेवा भावनाले स्वस्फूर्त रूपमा सङ्कलन गरेको रकम मृतकका श्रीमान् पुरन दमाईं, छोरा आयुष, आशिष र आदित्यलाई संयुक्त रूपमा प्रदान गरिएको सभापति खड्काले बताउनुभयो । उहाँले रुढीवादी परम्पराका कारण घरपरिवारका सदस्यको ज्यान जोखिममा पर्ने कूरीतिलाई बढावा दिने काम सभ्य समाजका लागि सैह्य नभएको बताउनुभयो ।
“छाउपडीजस्तो ‘कु’ प्रथाको अन्त्यगरी छाउगोठ विस्थापन गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछौँ”, उहाँले भन्नुभयो, “मृतकका परिवारजनमा संवेदना प्रकट गर्दछौँ ।”
समाजमा जरो गाडेर बसेको छाउपडी प्रथाको अन्त्यका लागि छाउगोठ मात्रै भत्काएर नहुने भएकाले रुढीवादी विचारले ग्रसित मानसिकतालाई परिवर्तन गर्न सचेतनाको आवश्यकता रहेको प्रदेशसभा कार्यसमितिका उत्तमराज भट्टले बताउनुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














