07/07/2025, 02:46:18

नेपाली साइन्स फिक्सन फिल्म ‘एक्लो’ को टिजर सार्वजनिक


काठमाडौँ, २२ असार : प्रदीप खड्काको शीर्ष भूमिका रहेको साइन्स-फिक्सन फिल्म ‘एक्लो’को प्रदर्शन मिति तय भएको छ । निर्माताले आइतबार टिजर सार्वजनिक गर्दै डिसेम्बर, २०२५ मा फिल्म आउने जनाएका हुन् ।

टिजरमा प्रदीप सहित दीया पुन, विजय लामा, कविता नेपाली, जेमी बेकन, बेनिशा हमाल लगायतका कलाकारको क्यारेक्टर लुक्स प्रस्तुत गरिएको छ । प्रदीप शाही निर्देशित फिल्म कान्स फिल्म फेस्टिभलको मार्केटमा पेश भएको थियो ।

यो फिल्मको पोस्ट-प्रोडक्सन अहिले बेलायतमा भैरहेको छ । नेपाल र बेलायतबीचको संयुक्त सहकार्य रहेको फिल्मले खतरनाक भाइरसले सन् २०३० सम्म मानिसले पृथ्वी ग्रह छाड्ने भविष्यको एक काल्पनिक कथा भन्छ । त्यसको ६० वर्षपछि बेलायती अन्तरीक्षयात्री ज्याक (बेकन) आफ्ना साझेदारसँग हिमालय क्षेत्रमा क्रास-ल्यान्डिङ गर्छन् ।

तिनीहरूले आफ्नो वरपरको खोजी गर्छन् र पहाडबीचमा रहेको गुफाभित्र लुकेको सहर पत्ता लगाउँछन्, जहाँ तिनीहरूले एक रहस्यमय व्यक्तित्व (प्रदीप खड्का)लाई भेट्छन्, जो हिमालय क्षेत्रको पौराणिक संरक्षक हो । यो फिल्मलाई पहिलो श्रृंखला बताइएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ