१६ असार, काठमाडौं : सोमबार सेयर बजारको परिसूचक नेप्से ९.१९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २६३१ मा कायम भएको छ । नेप्से परिसूचक बढे पनि कारोबार रकम घटेको छ । अघिल्लो दिन ७ अर्ब १२ करोडको कारोबार भएकोमा आज ६ अर्ब ३८ करोडमा खुम्चियो ।
कुल १४५ कम्पनीको मूल्य बढ्दा १०३ को घट्यो । आज धेरैजसो समूहका सूचक बढेका छन् । उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.६३ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.३८, विकास बैंक ०.७२, लगानी ०.०२, जीवन बीमा ०.८२, माइक्रोफाइनान्स ०.९२, निर्जीवन बीमा ०.६१, तथा व्यापार ०.७२ प्रतिशत बढे । फाइनान्स ०.०६, होटल तथा पर्यटन ०.०३, हाइड्रोपावर ०.२८ र अन्य ०.३६ प्रतिशत घटे ।
राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको मूल्य करिब १० प्रतिशत बढ्यो । धौलागिरि लघुवित्तको ९.८०, विन नेपाल लघुवित्तको ९.१६, सिन्धु विकास बैंकको ७.८१, सप्तकोशी विकास बैंकको ७.२१ प्रतिशत मूल्य बढ्यो । पन्चकन्या माइ हाइड्रोको मूल्य सबैभन्दा धेरै ४.९२ प्रतिशत घट्यो । ग्रिन डेभलपमेन्ट बैंकको ४.६५, पिपुल्स हाइड्रोपावरको ३.७५, पाँचथर पावरको ३.४९, कालिका पावरको ३.४२ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा साहस ऊर्जा, सानिमा माइ हाइड्रोपावर, बुटवल पावर, सप्तकोशी विकास बैंक र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहे ।