भक्तपुर, ११ असार : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफ्नो दलले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि सरकारलाई भने कुनै असर नपार्ने बताउनुभएको छ । रफत सञ्चार क्लब भक्तपुरले आयोजना गरेको अन्तर संवाद कार्यक्रममा उहाँले पाँच सांसद रहेको आफ्नो दलको समर्थन फिर्ताले सरकारलाई खासै असर नपर्ने बताउनुभयो ।

अध्यक्ष यादवले भन्नुभयो, “हामीले जुन विषय र कुरा उठान गरेर सरकारलाई समर्थन गरेका थियौँ, त्योअनुसार सरकार चलेन, हामीले भनेजस्तो नहुने भएपछि सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णयमा हाम्रो पार्टी पुगेको हो । तर हाम्रो पाँच सांसद मात्रै रहेकाले हामीले समर्थन फिर्ता लिएर पनि सरकार सञ्चालनमा कुनै असर भने पर्दैन ।”
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












