06/24/2025, 02:33:39

‘ए मेरो हजुर ५’मा अनमोल केसी अनुबन्धित


काठमाडौँ, ९ असार : दर्शकले अनमोल केसी र सुहाना थापाको जोडीलाई ‘ए मेरो हजुर’को पाँचौ श्रृंखलामा देख्न पाउने भएका छन् । निर्माता र अभिनेता केसीबीच सोमबार लिखित सम्झौता भएको छ ।

निर्माता सुनिलकुमार थापाले पाँचौ श्रृंखलाको शीर्ष भूमिकामा अनमोललाई अनुबन्धित गरिएको बताए । केसीले पनि सामाजिक संजालमार्फत यसबारे जानकारी दिएका छन् ।

लामो समयको विश्रामपश्चात एउटा नयाँ अध्यायको सुरुवात गर्दैछु । म हजुरहरूमाझ जेरी अन टप, बाटुलो जुन र ए मेरो हजुर ५मार्फत नेपाली चलचित्र उद्योगमा नयाँ जोशका साथ उपस्थित हुन लागेको खुसीको कुरा सुनाउन पाउँदा निकै उत्साहित र हर्षित छु’ अनमोलले लेखेका छन् ।

अनमोल र सुहानाले यो फिल्मको तेस्रो र चौंथो श्रृंखलामा पनि जोडी बाँधेका थिए । निर्माता थापाका अनुसार सहायक भूमिकामा अर्का एक नयाँ कलाकार पनि देखिनेछन् । अनमोलले गर्न लागेको आगामी फिल्म ‘बाटुलो जुन’को छायांकनपछि मात्र यो फिल्मको सुटिङ सुरु हुनेछ । सुहाना इन्टरटेन्मेन्टको व्यानरमा निर्माण हुन लागेको फिल्मलाई झरना थापाले निर्देशन गर्नेछिन् ।

अनमोल शुक्रबारदेखि ‘बाटुलो जुन’को छायांकन सुरु गर्दैछन् । यो फिल्मको छायांकन करिब १० दिनसम्म चित्लाङमा हुनेछ । यसपछि, फेरि अनमोलले फिल्म ‘जेरी अन टप’को काम सक्नेछन् । यी दुवै फिल्म सकेपछि अनमोलले ‘ए मेरो हजुर ५’को छायांकन अगाडि बढाउनेछन् । अनमोलले फिल्मको तेस्रो र चौथो श्रृङ्खलामा काम गरिसकेका छन् ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ