३१ भदौ, काठमाडौं । प्रतिनिधि सभाको चौथो अधिवेशन सोमबार राती १२ बजेदेखि अन्त्य हुँदैछ । २०८१ साल वैशाख २८ गते मंगलबारदेखि प्रारम्भ भएको बजेट अधिवेशन १३० दिन चालु रहेको संघीय संसद् सचिवालयले बताएको छ । यो बिचमा ५३ दिनमा ५६ पटक बैठक बसेको छ । सचिवालयका अनुसार २०६ घण्टा २५ मिनेट संसदीय काम कारबाहीमा अधिवेशन व्यतीत भएको छ ।