मङ्गलबार, पुष ०९, २०८१

सभामुख घिमिरेले प्रमुख दलहरुसंग छलफल गर्दै


३० भदौ, काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख दलहरूको बैठक बोलाएका छन् । प्रतिनिधि सभामा भएको अवरोध खुलाउन सभामुख देवराज घिमिरेले दलहरूसँग छलफल गर्न लागेका हुन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक/सचेतकलाई सिंहदरबारमा ११ बजे बैठक बस्ने गरि बोलाइएको छ ।

एमाले नेता योगेश भट्टराईले माओवादी माओवादी सशस्त्र युद्धलाई ‘हिंसा’ भनेपछि माओवादीले आपत्ति जनाउँदै संसद अवरुद्ध गरेको थियो । माओवादीले संसदको रेकर्डबाट उक्त शब्द नहटाएसम्म संसद अवरोध गर्ने चेतावनी दिएपछि सभामुखले राष्ट्रिय दलहरूको बैठक बोलाएका हुन् ।

प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading