२८ भदौ, काठमाडौँ । पारा-ओलम्पिकमा तेक्वान्दो खेलमा कास्य पदक विजेता पलेशा गोवर्द्धनको खातामा ६५ लाख रुपैयाँ जम्मा भएको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा कार्यक्रम आयोजना गरिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले डिजिटल माध्यम मार्फत खातामा रकम जम्मा गराएको जानकारी दिएका थिए।
त्यस्तै कार्यक्रममा प्रधानमन्त्री ओलीले पदक विजेतालाई सम्मानपत्र समेत हस्तान्तरण गरेका थिए। यस्तै प्रशिक्षक कविराज नेगीलाई ५ लाख ८५ हजार रुपैयाँ पुरस्कार र व्यवस्थापकलाई २ लाख ९२ हजार रुपैयाँ पुरस्कार रकम दिइएको छ।
सरकारले राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार सो पुरस्कार दिएको हो। यसअघि मन्त्रिपरिषदको बैठकले पलेशालाई दिने पुरस्कारमा कर नलाग्ने निर्णय गरेको थियो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


















