मङ्गलबार, पुष ०९, २०८१

कोशी प्रदेशमा सातवटा संसदीय समितिमा ७ जनाको उम्मेदवारी


२७ भदौ, विराटनगर। प्रदेशसभाको मिनी संसद मानिने सात वटा संसदीय समितिको सभापतिमा एकल उम्मेदवारी परेको छ । प्रदेशको विषयगत संसदीय समितिको सभापतिमा कांग्रेस र एमालेबाट ३–३ र माओवादी केन्द्रबाट १ जनाले मनोनयन दर्ता गरेको हो ।

प्रदेशसभा सचिवालयका सचिव गोपाल पराजुलीका अनुसार होमबहादुर थापाले प्राकृतिक स्रोत तथा पूर्वाधार समिति, कमला दर्नालले न्याय प्रशासन तथा विधायन समिति र रामदेव यादवले उद्योग, पर्यटन तथा वातावरण समितिको सभापतिमा मनोनयन दर्ता गर्नेछन् । उनीहरु नेकपा एमाले सांसद हुन् ।

सामाजिक विकास समिति सभापतिमा गयानन्द मण्डल, सुशासन तथा योजना समितिको सभापतिमा खगेश्वरी पौडेल र अर्थ समितिको सभापतिमा विनोद राईले उम्मेदवारी दर्ता गरेका छन् । उनीहरु नेपाली कांग्रेसका हुन् । सार्वजनिक लेखा समितिको सभापतिमा राजन किरातीको उम्मेदवारी परेको छ । उनी नेकपा माओवादी केन्द्रका सांसद हुन् ।

सात वटै समितिको सभापतिमा एकल उम्मेद्वारी परेको प्रदेशसभा सचिवालयका सचिव पराजुलीले जानकारी दिए । सभापति निर्वाचित भएको घोषणा र सपथ ग्रहण भने शुक्रबार दिउँसो २ बजे हुनेछ ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading