05/30/2025, 13:47:36

लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउनुपर्ने


काँक्रेविहार (सुर्खेत), १५ जेठः कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले अठारौँ गणतन्त्र दिवसका अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्दै लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

साथै उहाँले गणतन्त्र स्थापनाको आन्दोलनमा सहभागी जनसमुदाय, नागरिक समाज, राजनीतिक दलका नेता तथा कार्यकर्ता एवं सबै क्षेत्र र वर्ग समुदायको योगदानको सराहना गर्नुभएको छ ।

उहाँले आज जारी गर्नुभएको शुभकामना सन्देशमा जनता विजयी भएको आजको दिन महान् उत्सव हो भन्दै लोकतान्त्रिक गणतन्त्रलाई सबल तुल्याउन सामाजिक न्याय, सुशासन र समृद्धिका निम्ति सरकार र समाजका हरेक वर्गले हातेमालो गर्नुपर्नेमा जोड दिनुभएको छ ।
जन्मका आधारमा श्रेष्ठता तय गरिने प्रणालीलाई नेपाली जनताको सङ्घर्ष, त्याग र बलिदानबाट हरेक नागरिक समान हुने प्रणाली स्थापना हुनु हाम्रो गणतन्त्रको प्रमुख विशेषता भएको मुख्यमन्त्री कँडेलले सन्देशमा उल्लेख गर्नुभएको छ ।


लेखकको बारेमा

रासस

लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ