05/22/2025, 15:20:12

खानेपानीमन्त्री यादवद्वारा नेपाली मुस्लिम हजयात्रीको बिदाइ


काठमाडौँ, ८ जेठ: खानेपानीमन्त्री प्रदीप यादवले साउदी अरबको मक्कामा प्रस्थान गर्ने नेपाली मुस्लिम हजयात्रीलाई साँझ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पुगेर बिदाइ गर्नुभएको छ ।

मुस्लिम धर्मावलम्बीको आस्था र भरोसाका रूपमा चिनिने साउदीमा रहेको मक्का, मदिनामा वर्षैपिच्छे हजका लागि लाखौँ हजयात्रीहरू जाने गर्छन् । नेपालबाट पनि सन् २०२५ को हजका लागि एक हजार १७१ जना जाने जनाइएको छ । पहिलो चरणका लागि यही जेठ ३ गते ५५ जना नेपाली त्यहाँ गएका जनाइएको छ ।

देशैभरि छरिएर रहेका मुस्लिम नेपालीलाई जिल्लास्तरीय हज कमिटीले मक्का जान सिफारिस गरेर पठाएपछि केन्द्रीय हज कमिटीले कोटाअनुसार यात्राको प्रबन्ध मिलाउने गरेको छ । मुस्लिम समुदायमा मक्कामा गएर हज गर्नु जीवनको ठूलो उपलब्धिका रुपमा लिने गरिन्छ । साउदी अरेबियामा हरेक वर्षको अक्टोबर र नोभेम्बर महिनाको बीचमा विशेष दिन पारेर हज गर्ने गरिन्छ । हजका लागि विश्वभरिबाट मुस्लिमहरू त्यहाँ पुग्ने गर्दछन् ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ