07/08/2025, 18:55:40

फिल्म ‘राम नाम सत्य’ मा दिव्या रायमाझी अनुवन्धित


७ जेठ, काठमाडौं : नायिका दिव्या रायमाझीले नेपाली सिनेमा क्षेत्रका दुई एक्सन नायकहरुसँग पर्दा शेयर गर्ने भएकी छिन् । दिव्याले ‘राम नाम सत्य’ साइन गरेसँगै यो संभव भएको हो । माइकल चन्दको निर्देशनमा बन्न लागेको फिल्म ‘राम नाम सत्य’मा दिव्या फाइनल भएकी छिन् । दिव्या र सिनेमाको टिमबिच आइतबार कागजी संझौता भइसकेको छ । सिनेमा साइन गरेपछि दिव्याले भनिन्–‘यो फिल्मको कथा वेजोड छ । मेरो भूमिका पनि निकै मन पर्यो । जसकाकारण, काम गर्न तयार भएकी हुँ ।

Subscribe to Blog via Email

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

सिनेमामा यसअघि नै नायक विराज भट्ट र सुशील श्रेष्ठ फाइनल भइसकेका छन् । विराज र सुशीलसँग काम गर्न पाउँदा आफू उत्साहित रहेको दिव्याको भनाई छ । सिनेमाको छायांकन साउनबाट सुरु गर्ने योजना निर्माणपक्षको छ ।

माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा तयार हुन लागेको यो फिल्ममा माइकल चन्दकै लेखन छ । उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरुङ फिल्मका निर्माता हुन् । फिल्ममा डाक्टर डीआर उपाध्याय र नरेन्द्र शाह कार्यकारी निर्माताको रुपमा छन् ।

अर्जुन पोखरेल र वावुल गिरीको संगीत रहने सिनेमामा सुशन प्रजापतिको छायांकन रहने पक्का भइसकेको छ ।अब, केही कलाकारहरु फाइनल गरेर वर्कशप सुरु गर्ने निर्माणपक्षको भनाई छ । फिल्मलाई एक्सन, पारिवारिक, प्रेम र सस्पेन्स कथामा निर्माण गर्न लागिएको छ । ‘एक्टरः टेक वान’बाट रजतपटमा डेब्यू गरेकी दिव्याको पछिल्लो रिलिज फिल्म ‘पिताम्बर’ हो । दिव्या पछिल्लो पुस्ताकी सर्वाधिक माग भएकी नायिका समेत हुन् ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading