१४ भदौ, काठमाडौं । नेपाली फिल्म ‘होस्टेल ३’ बाट पूर्व मिस सुप्रानेसनल नेपाल समा पराजुली डेब्यु गर्ने भएकी छिन्। निर्माणटिमले एक पोस्टर सार्वजनिक गर्दै समा अनुबन्धित भएकोबारे जानकारी दिएको हो। डेन्टल नर्स समेत रहेकी समा सन् २०२३ की मिस सुप्रानेसनलकी विजेता हुन्। साथै उनले सन् २०२२ मा द मिस ग्लब जर्मनीको टाइटल समेत जितेकी थिइन्। समाले होस्टेलजस्तो चर्चित श्रृंखलामा जोडिदा पाउँदा खुसी लागेको बताएकी छिन्।
‘होस्टेलजस्तो चर्चित सिरिजमा एक अभिनेत्रीको रुपमा मेरो यात्रा सुरु गर्दैछु भन्ने घोषणा गर्न पाउँदा उत्साहित छु। मलाई विश्वास गर्नुभएकोमा धन्यवाद। नेपाली चलचित्र उद्योगमा पाइला राख्न पाउँदा रोमाञ्चित छु। यो नयाँ साहसिक कार्यमा तपाईंहरुको सहयोगको अपेक्षा गर्दछु,’उनले फेसबुकमा लेखेकी छिन्।

‘होस्टेल ३’ बाट टिकटकर ‘कुल ब्वाइ’ पारस बम, केदार घिमिरे ‘माग्ने बुढा’ का छोरा आशिष घिमिरे, रिहान गिरी, सिम्रन पन्तले पनि डेब्यु गर्देछन्। ‘होस्टेल’ चलचित्र शृङ्खला स्टारहरू जन्माउनेको रूपमा चिनिन्छ। ‘होस्टेल’बाट अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठ लगायतका कलाकारहरूले डेब्यु गरेका थिए।
त्यस्तै, ‘होस्टेल रिटर्न्स’बाट स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, सुशील सिटौला लगायतका कलाकारहरूले डेब्यु गरेका थिए। उनीहरू सबै नेपाली चलचित्रका सफल कलाकारहरू बनिसकेका छन्। विसं २०७० सालमा रिलिज भएको ‘होस्टेल’ र २०७२ मा रिलिज भएको ‘होस्टेल रिटर्न्सु बक्स अफिसमा सफल फिल्म हो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










