१२ भदौ, काठमाडौँ । संसारको सबैभन्दा पुरानो र प्रतिष्ठित मानिने भेनिस फिल्म फेस्टिभलको ८१ औं संस्करण बुधबार इटालीमा सुरु हुँदैछ । हलिउड फिल्म र स्टारको जमघट फेस्टिभलमा हुनेछ । फेस्टिभलको ओपनिङ फिल्मको रुपमा ‘बिटल जुइस बिटल जुइस’ छ जसको विश्वव्यापी रिलिज अर्को साता हुँदैछ । ११ दिने फिल्म फेस्टिभल सेप्टेम्बर ७ सम्म चल्नेछ ।
हलिउडका ठूला स्टारको जमघट हुने भएपछि भेनिसमा चल्ने पानी ट्याक्सी भरिभराउ हुने पक्का छ । एन्जेलिना जोली, लेडी गागा, जर्ज क्लुनी, ब्राड पिट, केट ब्लान्चेट, डेनियल क्रेग, टिल्डा स्विन्टन, जुलियाना मुर्रे, केभिन कस्टनर, जुड ल, जोकिन फिनिक्स फेस्टिभलमा उपस्थित हुनेछन् ।हलिउड हड्तालका कारण गत वर्षको संस्करण प्रभावित भएको थियो । हड्ताल टुंगिएपछि यस वर्ष भेनिसलाई ठूलै राहत मिलेको छ । तर यसपटक ह्यारी स्टाइल, तिमोथी चालमेट जस्ता किशोर स्टार भने हुनेछैनन् ।
भेनिसको शीर्ष उपाधिका लागि हुने प्रतिस्पर्धा रोचक हुने पक्का छ । जसमा टोड फिलिप्सको ‘जोकर : फोली ए ड्यूक्स’, पाब्लो लरेनको एन्जेलिना जोली स्टारर ‘मारिया’, किडम्यान र ह्यारिस डिकिन्सन अभिनित ‘बेबीगर्ल’, लुका गुआडाग्निनोको ‘क्वियर’, क्रेग र जेसन श्वार्ट्जम्यानको पहिलो अंग्रेजी भाषाको फिल्म ‘द रुम नेक्स्ट डोर’ छन् । यहाँ केही ठूला हलिउड फिल्म पनि प्रतिस्पर्धाबाट बाहिर छन्, जसमा पिट र क्लुनीको वुल्फ्स’, ‘होराइजन : एन अमेरिकन सागा–चेप्टर २’ र ‘बिटलजुइस बीटलजुइस’ छन् ।
भेनिसमा देखाइने फिल्मले कान्स र टोरन्टोमा प्रतिस्पर्धा गर्न लामै समय कठिन रह्यो । तर केही महत्वपूर्ण फिल्म र स्टार थिए, जसले केहील ओस्कार मनोनयन र जितको अवसर पाए । जब ‘ग्राभिटी’ भेनिसमा प्रिमियर भयो, यसले अस्करका प्रमुख ७ विधा जित्यो जसले भेनिस अस्करको अभियान थालनी गर्ने थलोको रुपमा विकास भयो ।
एकेडेमीको सदस्यता थप अन्तर्राष्ट्रिय भएकाले यसले तीव्रता पाएको छ । सन् २०१९ यता भेनिसमा प्रिमियर भएका बर्डम्यान, स्पटलाइट, द सेप अफ वाटर र नोम्याडल्याण्ड अस्करमा उत्कृष्ट फिल्म बने भने १९ वटा मनोनयन भए । भेनिसमा यस वर्ष २१ फिल्म प्रतिस्पर्धामा छन् ।
इसाबेल हपर्ट जुरी प्रमुखको रुपमा छिन् । जेम्स ग्रे, एन्ड्रयू हेग, एग्निएस्का हल्यान्ड, क्लेबर मेन्डोन्सा फिल्हो, अब्देररहमाने सिसाको, ज्युसेप्पे टोर्नाटोर, जुलिया भोन हेन्ज र झांग जिइ जुरी सदस्य छन् । नेपाली फिल्म ‘पूजा, सर’ भेनिसमा २९ अगस्टमा वर्ल्ड प्रिमियर हुने कार्यक्रम छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



