07/08/2025, 20:07:13

किशोर-किशोरीको सुरक्षाका लागि टिकटकको ‘फ्यामिली पेयरिङ’


काठमाडौँ, २१ वैशाखः सामाजिक सञ्जाल एप टिकटकले नेपालमा किशोर–किशोरीको सुरक्षाका लागि ‘फ्यामिली पेयरिङ’ सेवा सुरु गरेको छ । उक्त सेवामार्फत अभिभावकले आफ्ना छोराछोरीको टिकटक खाता आफ्नो खातासँग जोडेर उनीहरूको डिजिटल गतिविधिमा नियन्त्रण राख्न सक्ने जनाइएको छ ।

Subscribe to Blog via Email

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

टिकटकका अनुसार उक्त सेवाको उद्देश्यले जिम्मेवार र सुरक्षित अनलाइन बनाउनु हो । ‘फ्यामिली पेयरिङ’ सुविधामार्फत अभिभावकहरूले आफ्ना बालबालिकाको दैनिक ‘स्क्रिन’ समय सीमित गर्न, सन्देश पठाउन वा ‘कमेन्ट’ गर्न नपाउने बनाउन, उमेरअनुसारको मात्रै विषयवस्तु देखिने बनाउन, खाता खोज्न मिल्ने÷नमिल्ने बनाउने तथा सर्च सेटिङ नियन्त्रण गर्न सक्ने सुविधा प्राप्त हुने कम्पनीले जानकारी दिएको छ।

यो सेवा सुरु गर्नका लागि टिकटकको ‘सेटिङ्स एण्ड प्राइभेसी’ मेनुमा गई क्यूआर कोड स्क्यान गरेर अभिभावक र किशोर प्रयोगकर्ताको खाता आपसमा लिंक गर्नुपर्छ । एकपटक जोडिएपछि, अभिभावकहरूले आफ्ना छोराछोरीको मोबाइल नछोइकनै आफ्नै फोनबाट सुरक्षासम्बन्धी सेटिङहरू व्यवस्थापन गर्न सक्नेछन् ।

टिकटकका दक्षिण एसिया क्षेत्रका सार्वजनिक नीति तथा सरकारी सम्बन्ध प्रमुख फिरदौस मोत्तकिनले भन्नुभयो “समाजको सुरक्षा हाम्रो प्रमुख प्राथमिकता हो, विशेष गरी किशोर प्रयोगकर्ताको हकमा फ्यामिली पेयरिङ सुविधा नेपालका लागि उपयुक्त हुने अपेक्षा छ ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading