काठमाडौँ, २२ चैत : ब्रिजिलिन लेजेण्ड फुटबल खेलाडी रोबर्टो कार्लोस मगलबार बिहान नेपाल आइपुगेका छन् | नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको दोश्रो क्वालिफायर खेल हेर्न उनि नेपाल आइपुगेका छन् | नेपाल सुपर लिग आयोजकले उनलाई त्रिभुवन एअरपोर्टमा स्वागत गरेका थिए | नेपाल बसाइको क्रममा उनले शुभचिन्तकहरु संग भेट गर्नेछन् |
अप्रिल १०, १९७३ मा जन्मेका रोबर्टो कार्लोस ब्राजिलियन व्यवसायिक खेलाडी हुन्, उनले विश्वको चर्चित स्पेनिस क्लब रियल मेड्रिड, इटालियन क्लब इन्टर मिलन जस्ता क्लबबाट व्यवसायिक खेल खेलेका छन् | फ्रान्स बिरुद्धको बनाना फ्री किक गोल उनको सधै चर्चामा रहने गोल हो | उनको खेल बिशेषता भनेको फुलब्याक भएर पनि आक्रामक खेल खेल्नु हो| शक्तिशाली प्रहार र अचुक फ्री किक निशाना लगाउनु उनको विशेषता हो | एसियामा पहिलो पटक भएको २००२ फुटबल वल्डकप ब्राजिलले जित्दा उनि ब्राजिलको महत्वपूर्ण खेलाडीको रुपमा रहेका थिए | जुन वल्डकप जापान र दक्षिण कोरियामा भयको थियो | रोबर्टो कार्लोसले क्लबबाट ५९३ खेल खेल्दै ६९ गोल गरेका छन् भने ब्राजिल बाट १२५ खेलमा १० गोल गरेका छन् | उनिको सबभन्दा लामो क्लब बसाइ रियल मेड्रिडमा १९९६ देखि २००७ सम्म खेलेका थिए |