04/03/2025, 02:08:14

नेप्सेका नवनियुक्त सिइओले बुधबारदेखि जिम्मेवारी सम्हाल्ने


काठमाडौँ, १९ चैतः सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा झापाका चुडामणि चापागाईंलाई नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उहाँलाई उक्त पदमा नियुक्त गरेको हो ।

राजस्व सचिव दिनेशकुमार घिमिरेले आज उहाँलाई नियुक्तिपत्र हस्तान्तरण गर्नुभएको हो । नवनियुक्त सिइओ चापागाईंले बुधबार कार्यभार सम्हाल्ने कार्यक्रम रहेको नेप्सेले जनाएको छ ।

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । नेप्से परिसूचक १६ दशमलव ९५ अङ्कले घटेर दुई हजार ६७६ दशमलव १७ विन्दुमा कायम भएको हो ।

आज ३२० कम्पनीका एक करोड छ लाख ७० हजार ६४९ कित्ता शेयर ५६ हजार ५४८ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ७९ करोड ७७ लाख ९१ हजार ७०० बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा व्यापार समूह तीन दशमलव ८० प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ समूह शून्य दशमलव ७४, विकास बैं्क शून्य दशमलव ९५, वित्त एक दशमलव ८४, होटल तथा पर्यटन एक दशमलव ७४, जलविद्युत् शून्य दशमलव ९९ र लगानी शून्य दशमलव ४४ प्रतिशतले घटेको छ ।

त्यस्तै, जीवन बिमा शून्य दशमलव ६३, उत्पादन तथा प्रशोधन शून्य दशमलव ५२, लघुवित्त एक दशमलव १०, म्युचुअल फन्ड शून्य दशमलव शुन्य दशमलव दुई, निर्जीवन बिमा शून्य दशमलव ३८ र अन्य समूह एक दशमलव ३९ प्रतिशतले घटेको छ ।

गार्डियन माइक्रोलाइफ इन्सुरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य पाँच दशमलव ५६ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्स लिमिटेडको रु ६४ करोड २५ लाख ६६ हजार ६२२ बराबरका छ लाख २७ हजार ३०९ कित्ता शेयर किनबेच भएका छन् ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ