04/03/2025, 02:02:26

आइपीएल २०२५ : अश्वानिको शानदार डेब्यु संगै मुम्बईको पहिलो जित


काठमाडौँ, १९ चैतः इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को १२औँ खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई आठ विकेटले पराजित गरेको छ ।

मुम्बईस्थित वानखेडे अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा मुम्बईले कोलकातालाई आठ विकेटले हराएको हो । जारी आइपिएलमा तीन खेल खेलेको मुम्बईको यो पहिलो जित हो । यसअघिका दुईवटै खेलमा मुम्बईले हार व्यहोरेको छ ।

कोलकाताले जितका लागि दिएको एक सय १७ रनको लक्ष्य मुम्बईले १२ दशमलव पाँच ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍याे । मुम्बईको लागि रायन रिकेलटनले अविजित रहदैँ सर्वाधिक ६२ रन बनाए । उनले सो क्रममा ४१ बलमा पाँच छक्का र चार चौका हिर्काए । यस्तै, सूर्यकुमार यादवले अविजित २७ रन बनाए भने विल ज्याक्सले १६ र रोहित शर्माले १३ रनको योगदान दिए । मुम्बईले अतिरिक्त तीन रन प्राप्त गर्‍याे । कोलकाताका लागि आन्द्रे रसेलले दुई विकेट हात पारे ।

त्यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले १६ दशमलव दुई ओभरमा १० विकेट गुमाउँदै एक सय १६ रन बनाएकोे थियो । कोलकाताका लागि अंगकृष रघुवंशीले सर्वाधिक २६ रन बनाए । उनले १६ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै २६ रन बनाएका हुुन् ।

कोलकाताका लागि रमनदीप सिंहले २२, मनिष पाण्डेले १९, रिङ्कु सिंहले १७, कप्तान अजिक्य रहाणले ११ र आन्द्रे रसेलले पाँच रन बनाए । त्यस्तै, हर्षित राणाले चा, वेंकटेश अय्यरले तीन, क्विन्टन डे कक र स्पेन्सर जाँनसन समान एक/एक बनाउँदा सुनील नारिनले एक रन पनि जोड्न सकेनन् । कोलकाताले अतिरिक्त सात रन प्राप्त गरेको थियो । मुम्बईका लागि अश्विनी कुमारले सर्वाधिक चार विकेट लिएका छन् ।

दीपक चाहरले दुई विकेट हात पार्दा कप्तान हार्दिक पाण्डेय, ट्रेन्ट बोल्ट, विग्नेश पुथुर र मिचेल सेन्टनरले समान एक/एक विकेट लिए ।


कोलकाता नाइट राइडर्स बिरुद्ध मुंबई इंडियन्स

प्लेयर अफ द म्याच : अश्विनी कुमार(मुंबई इंडियन्स)


कोलकाता नाइट राइडर्स इनिङ्स (२० ओभर अधिकतम)

ब्याट्सम्यानरनबलमिनेटचौकाछक्कास्ट्राइक रेट
क्विन्टन डि कक † c अश्वनी कुमार b चहर1360033.33
सुनील नरैन b बोल्ट023000.00
अजिंक्य रहाणे (c) c तिलक वर्मा b अश्वनी कुमार1171311157.14
अंगकृष रघुवंशी c नमन धीर b पंड्या26162831162.50
वेंकटेश अय्यर c †रिकेल्टन b चहर39120033.33
रिंकू सिंह c नमन धीर b अश्वनी कुमार17142111121.42
मनीष पांडे b अश्वनी कुमार19141721135.71
आंद्रे रसेल b अश्वनी कुमार511121045.45
रमनदीप सिंह c पंड्या b सैंटनर22122712183.33
हर्षित राणा c नमन धीर b पुथुर4880050.00
स्पेंसर जॉनसन not out13100033.33
योगदान११६ (१६.२ ओभर, रन रेट: ७.१०)
बलरओभरमेडनरनविकेटइकोनोमीडट बल४s६sवाइडनो बल
ट्रेंट बोल्ट402315.75140200
दीपक चहर201929.5064010
अश्वनी कुमार302448.00103111
हार्दिक पंड्या201015.0061000
विग्नेश पुथुर2021110.5041200
मिचेल सैंटनर3.201715.10120110

मुंबई इंडियन्स इनिङ्स (लक्ष्य: ११७ रन २० ओभरमा)

ब्याट्सम्यानरनबलमिनेटचौकाछक्कास्ट्राइक रेट
रोहित शर्मा c हर्षित राणा b रसेल13122801108.33
रायन रिकेल्टन † not out62416045151.21
विल जैक्स c रहाणे b रसेल1617220194.11
सूर्यकुमार यादव not out279932300.00
योगदान१२१/२ (१२.५ ओभर, रन रेट: ९.४२)
बलरओभरमेडनरनविकेटइकोनोमी० बलवाइडनो बल
स्पेंसर जॉनसन201407.0071100
हर्षित राणा2028014.0052211
वरुण चक्रवर्ती301204.0091000
आंद्रे रसेल2.5035212.3542301
सुनील नरैन3032010.6651300



प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ