म्यान्मा, १७ चैत : म्यान्मामा शक्तिशाली भूकम्पका कारण उद्धार कार्य र अन्य राहत कार्यमा सहयोग पु¥याउन यहाँको एक सशस्त्र विद्रोही समूहले आइतबारदेखि लागु हुने गरी दुई साताका लागि आंशिक युद्धविरामको घोषणा गरेको छ ।
पिपुल्स डिफेन्स फोर्स (पिडिएफ) ले सन् २०२५ मार्च ३० देखि भूकम्प प्रभावित क्षेत्रमा रक्षात्मक कार्यबाहेक आक्रामक सैन्य कारबाहीमा दुई साताको युद्धविराम लागू गर्नेछ,” छायाँ ‘नेशनल युनिटी गभर्नमेन्ट’ले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
निर्वासनमा रहेको सरकारले आफ्नो नियन्त्रणमा रहेका क्षेत्रमा सुरक्षा, यातायात र अस्थायी उद्धार र चिकित्सा शिविर स्थापना सुनिश्चित गर्न संयुक्त राष्ट्रसङ्घ र गैरसरकारी संस्थासँग सहकार्य गर्ने बताएको छ । मध्य म्यान्माको सागाइङ शहरको उत्तरपश्चिममा शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको र भूकम्पका कारण कम्तीमा एक हजार ६४४ जनाको मृत्यु भएको छ भने थाइल्याण्डमा १७ जनाको मृत्यु भएको छ ।
म्यान्माको सेनाले सन् २०२१ को फेब्रुअरीमा आङ सान सुकीको नागरिक सरकारलाई सत्ताच्युत गरेयता गृहयुद्धको सामना गर्दै आएको छ ।
सुकीको नागरिक सरकारलाई सत्ताच्युत गरेकोमा पिडिएफ र जातीय सशस्त्र सङ्गठनहरू दुवैले विरोध गरेका छन् । जसमध्ये धेरै समूह आफ्नो स्वतन्त्रताको लागि दशकौँदेखि लडिरहेका छन्। छाँया ‘राष्ट्रिय एकता सरकार’मा ‘कू’मा सत्ताच्युत भएका अधिकांश सांसदहरू छन्, जो जुन्टालाई अपदस्थ गर्न लागिपरेका छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



















