03/31/2025, 11:01:23

युइफए नेसन्स लिग : पोर्चुगल, जर्मनी, स्पेन र फ्रान्स सेमीफाइनलमा


मिति २०८१ चैत्र १४ गते : जर्मनी, पोर्तुगल, फ्रान्स र स्पेन क्वाटरफाइनलको आ-आफ्नो खेल जित्दै सेमीफाइनलमा पुगेका छन् | पहिलो र दोश्रो लेगको आधारमा भएको खेलमा जर्मनीले इटालीलाइ ५-४, पोर्तुगलले डेनमार्कलाइ ५-३, स्पेनले नेदरल्याण्डलाइ पेनाल्टीमा ३(५)-३(४) साथै फ्रान्सले क्रोसियालाइ पेनाल्टीमा २(५)- २(४) अन्तरले हराउन सफल भए | अब हुने सेमिफाइनल जून ५, २०२५ मा जर्मनी बिरुद्ध पोर्तुगल र जुन ६, २०२५मा स्पेन बिरुद्ध फ्रान्स हुदैछ |बिजेता टिम फाइनलमा पुग्नेछन् | र उपविजेता टिम तेश्रो स्थानको लागि खेल्नेछन् | यस सिजन ९ गोल सहित स्वीडेनका भीक्टोर ग्योकेरेस उच्च गोलकर्ता हुन र दोश्रो र तेश्रोमा हालांड ७ गोल र मिकाउट्जे ७ गोल रहेको छ |

२०१८ देखि सुरु भएको यो प्रतियोगिता जुन २०१९ मा पोर्तुगलले नेदरल्याण्डलाइ १-० ले हराउदै पहिलो संस्करणको बिजेता भएको थियो | २०२०-२१ मा फ्रान्सले स्पेनलाई र २०२२-२३ मा स्पेनले क्रोसिया लाइ हराउदै दोश्रो संस्करण र तेश्रो संस्करणको बिजेता भएका थिए | दुइ पटक सम्म सेमीफाइनलमा पुगेर पनि इटाली अहिले सम्म फाइनल खेलेको छैन भने इंग्ल्यान्डपनि एक पटक २०१८-१९ मा तेश्रो भएको थियो |

यस लिग अन्तर्गत बढुवा र घटुवा (रेलिगेसन) हुने नियम भएको हुदा बढुवा हुनेमा चेक रिपब्लिक, ग्रिस, नर्वे र टर्की रहेका छन् भने घटुवा हुनेमा स्कटल्याण्ड, पोल्याण, बोस्निया र हर्जगोविना, इजरायल, हंगेरी र स्विज़रल्याण्ड रहेका छन् |


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ