
१२ चैत, काठमाडौं – ऋषि धमलाको आत्मीय शुभकामना: “प्रिय एलिजा, तिम्रो आगमनसँगै मेरो जीवन पूर्ण भएको छ!”
चर्चित पत्रकार ऋषि धमलाले आफ्नी जीवनसंगिनी अभिनेत्री तथा समाजसेवी एलिजा गौतमलाई जन्मदिनको अवसरमा विशेष र आत्मीय शुभकामना दिएका छन्।
धमलाले सामाजिक सञ्जालमार्फत एलिजाप्रतिको प्रेम, सम्मान र कृतज्ञताको भाव प्रकट गरेका छन्। उनले लेखेका छन्, “प्रिय एलिजा, जन्मदिनको बेहद शुभकामना! तिम्रो आगमनसँगै मेरो जीवनले पूर्णता पाएको छ। तिम्रो मुस्कान नै मेरो उर्जा बनेको छ, जीवन नै प्रेमिल बनेको छ।”
उक्त शुभकामना सन्देशमा धमलाले एलिजाको समाजसेवा र व्यवसायिक सफलताको खुलेर प्रशंसा गरेका छन्। साथै, उनले एलिजाको दीर्घायुको कामना गर्दै जीवनभर साथ दिने वाचा दोहोर्याएका छन्।
एलिजा गौतम नेपाली सिनेमा, समाजसेवा र व्यवसायिक क्षेत्रमा सक्रिय नाम हो। उनी नेपाली चलचित्र “अनुराग” मार्फत चर्चामा आएकी थिइन्। धमलाको यो सन्देश अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












