काठमाडौँ,१० चैतः सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले जानकारी दिए।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रमहरूका विषय छलफल हुने छ । कांग्रेसको विधान अनुसार कार्यसम्पादन समितिको बैठक प्रत्येक महिना बस्ने व्यवस्था छ। तर पछिल्लो समय कार्यसम्पादन र केन्द्रीय समिति दुवै समयमा बसिरहेका छैनन्।
बैठकमा सरकार सञ्चालन, पार्टीको सदस्यता वितरण र नवीकरण, भातृ संस्थाहरूको महाधिवेशन लगायत विषयमा छलफल हुने एक नेताले बताए। पार्टीको १५ औँ महाधिवेशनको लहर छिरिसकेको कांग्रेसमा नेताहरूबीच ध्रुबीकरण समेत सुरु भइसकेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










