बिहिबार, फागुन २९, २०८१

नेपाली फिल्म ‘मीतज्यू’ बाट फिल्ममा डेब्यु गर्दै डान्सर तेरिया फौजा मगर


२९ फागुन, काठमाडौं  : भारतीय टिभी रियालिटी शो ‘डान्स इण्डिया डान्स लिल मास्टर्स’ को सिजन ३ र  ‘झलक दिखलाजा’ सिजन ९ की विजेता डान्सर तेरिया फौजा मगरले नेपाली फिल्मको अभिनयमा डेब्यु गर्ने पक्का भएको छ ।

दयाहाङ राईको समेत अभिनय रहने फिल्म ‘मीतज्यू’ मा मगरले डेब्यु गर्ने निश्चित भएको छ । यसअघि ‘घरज्वाइँ’ निर्माण गरेको समूहले बनाउन लागेको यो फिल्मले सामाजिक संजालबाट कलाकारबारे जानकारी दिएको हो । फिल्मको प्रदर्शन २०८२ सालको चैत २७ लाई घोषणा गरिएको छ । अनिल बुढामगरको यो दोस्रो निर्देशकीय फिचरमा दयाहाङ र तेरियालाई जोडीको रुपमा देख्न पाइने अनुमान गरिएको छ ।

जीएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्मका लगानीकर्ता जनक घर्ती मगर हुन् । ‘गाउँ आएको बाटो’ फेम्ड पटकथा लेखक महेश राईको यसमा पनि लेखन हुनेछ । दयाहाङको लगातारको व्यस्त तालिकाको कारण ‘मीतज्यू’ को छायांकन आगामी तिहारपछि सुरु हुने निर्माता घर्ती मगरले जानकारी दिए ।

आग्रे’ छोटो फिल्म निर्देशन गरेका निर्देशक बुढामगर यतिबेला चर्चामा छन् । गतसाता आयोजित एक कार्यक्रममा उनले आफ्नै कथा भन्दा सामुदायिक फिल्मको ट्याग लगाइने गुनासो पोखेका थिए ।

तेरियाको कुरा गर्दा अभिनयमा उनको यो डेब्यु चाहिं होइन । यसअघि उनले सन् २०२२ को भारतीय वेब सिरिज ‘उनकी यारी’ र सन् २०२३ को ‘क्याम्पस बिट्स’मा पनि अभिनय गरेकी थिइन् । फिचर फिल्मको रुपमा ‘मीतज्यू’ पहिलो हुनेछ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ