२ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाललाई ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर’ अवार्ड प्रदान गर्ने घोषणा गरेको छ । फेसबुकलगायत डिजिटल माध्यममा नेपाली फ्यानको संख्या वर्षमै ४०० प्रतिशतले बढेको आईसीसीले जनाएको छ ।
नेपाली क्रिकेट टिमका पूर्वकप्तान तथा हाल क्यानको सचिव रहेका पारस खड्काले क्यान र क्रिकेटलाई समर्थन गर्ने लाखौं शुभेच्छुकको प्रशंसा गरेका छन् ।
‘यसले हाम्रा शुभेच्छुक, फ्यानलगायत क्रिकेट समुदायको सामूहिक प्रयासलाई प्रतिबिम्बित गर्दछ । जो वर्षौंदेखि हाम्रो सबैभन्दा ठूलो शक्तिका रूपमा रहेका छन्,’ खड्काले भनेका छन्, ‘महिला, पुरुष दुवै खेलको प्रवर्द्धन गरेर, हामी ऊर्जावान, समावेशी माहोल सिर्जना गरेर जीवन्त क्रिकेट संस्कृतिको विकास गर्ने प्रयास गरिरहेका छौं ।’
खड्काले क्यानले लिएको डिजिटल रणनीतिले फ्यानहरूलाई थप नजिक बनाउन भूमिका खेलेको बताएका छन् । उनले भनेका छन्, ‘यसले हामीलाई थप ऊर्जा दिएको छ । हामीलाई खेलको विकास र हाम्रा प्रशंसकहरूलाई संलग्न गराउने हाम्रो मिसन जारी राख्न प्रेरित गर्नेछ ।’
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











