१८ फागुन, काठमाडौं : जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारप्रति जनतामा नैराश्यता बढेको बताएका छन् । केन्द्रीय समिति बैठकमा राजनीतिक एवं संगठनात्मक प्रतिवेदन पेस गर्दै अध्यक्ष यादवले संसदीय इतिहासमा विरलै देखिने संसद्को पहिलो र दोस्रो प्रमुख पार्टी मिलेर सरकार बनेको पनि टिप्पणी गरेका छन् ।
केपी शर्मा ओली नेतृत्वमा सरकार गठनपश्चात मुलुकमा सुशासन, समृद्धि र विकास गर्नुभन्दा बढी कोरा नारामा मात्र सीमित रहेको अध्यक्ष यादवको भनाइ छ । ‘सरकारप्रति जनतामा नैराश्यता बढ्दो छ । भ्रष्टाचार नियन्त्रण गर्न नसक्नु, सुशासन कायम गर्न नसक्नु र आर्थिक विकास गरी समृद्धि प्राप्त गर्ने सरकारको कुनै ठोस नीति कार्यक्रम तथा योजना देखिन्न,’ उनले भनेका छन् ।
त्यस्तै यादवले सरकारमा सहभागी दलका नेता र तिनका परिवारको सदस्य नै ठूला-ठूला भ्रष्टाचार काण्डमा संलग्न रहेको प्रमाण भेटिँदा पनि त्यसविरुद्ध सरकार मौन रहेको बताएका छन् ।
‘सरकार पूर्वाग्रही हिसाबले एउटै अपराधअन्तर्गत कसैलाई काखा र कसैलाई पाखा गरी प्रतिशोधपूर्ण कार्य गरिरहेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारको आयु लम्ब्याउन जालझेल गर्ने, अरु दललाई कमजोर बनाउने नीति लिएको पाइन्छ,’ उनले प्रतिवेदनमा भनेका छन् ।
यस्तो छ यादवको राजनीतिक प्रतिवेदन