सोमबार, फागुन १२, २०८१

सेयर बजार ३.३५ अंक बढे, नेप्से २७५८ अंकमा, ११ अर्ब ८ करोडको कारोबार


१२ फागुन, काठमाडौं : सोमबार सेयर बजारको परिसूचक नेप्से २७५८ अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३.३५ अंक बढेको हो । आजसहित लगातार छैटौं कारोबार दिन बजार बढेको हो । सेयर बजार बढ्दा पनि कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ११ अर्ब ५४ करोडको कारोबार भएकोमा आज ११ अर्ब ८ करोडको भयो ।

९० कम्पनीको मूल्य बढ्दा १४५ को घट्यो भने ९ को स्थिर रह्यो । अन्य समूह सबैभन्दा धेरै २.५ प्रतिशत बढ्यो । लगानी ०.९८, उत्पादन ०.९७ र बैंकिङ ०.०९ प्रतिशत बढे । फाइनान्स समूह सबैभन्दा धेरै १.२१ प्रतिशत घट्यो । विकास बैंक ०.०९, होटल तथा पर्यटन ०.८७, हाइड्रोपावर ०.१५, जीवन बीमा ०.९२, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा ०.७४ र व्यापार ०.२६ प्रतिशत घटे ।

गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । राप्ती हाइड्रोको ९.४, बोटलर्स नेपाल बालाजुको ८, नेपाल हाइड्रो डेभलपर्सको ७.१ तथा नेपाल पुनर्बीमा कम्पनीको मूल्य ६.४ प्रतिशत बढ्यो । विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको ५.४२, लक्ष्मी लघुवित्तको ५.३८, रिलायन्स फाइनान्सको ४.६८ तथा एनएलजी इन्स्योरेन्सको ४.४८ प्रतिशत घट्यो ।

हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै ८९ करोड ३५ लाखको कारोबार भयो । त्यस्तै नेपाल पुनर्बीमाको ८० करोड ६७ लाखको कारोबार भयो । त्यसपछि एनआरएन इन्फ्रास्ट्रक्चर, घलेम्दी हाइड्रोपावर तथा सीईडीबी होल्डिङस् क्रमशः कारोबार रकमका आधारमा अगाडि रहे ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ