काठमाडौं, २ फागुन: नेपाल कम्युष्टि पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालले भारत र बङ्गलादेशसँग गरेको त्रिदेशीय विद्युत् व्यापार सम्झौता कोसेढुङ्गा भएको बताउनुभएको छ ।
स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का पदाधिकारीहरुसँग आज भएको भेटमा प्रचण्डले यस्तो धारणा राख्नुभएको हो । उहाँले प्रधानमन्त्रीका रुपमा आफूले भारत भ्रमण गर्दा भारतीय कमकक्षीसँग त्रिदेशीय विद्युत् व्यापारको सहमति गर्नुभएको थियो । “भारत र बङ्गलादेशसँग मैले धेरै नै मेहनत गरेर विद्युत् व्यापार सम्झौता गरेको थिएँ, यो देशको समृद्धिका लागि कोसेढुङ्गा नै हो”, प्रचण्डले भन्नुभयो–, “हामीले जलविद्युत् उत्पादनमा गुणात्मक वृद्धि गरी भारत, चीन, बङ्गलादेशलगायतलाई देशलाई बिक्री गरेर समृद्धिको सपना पूरा गर्न सक्नेछौँ ।”
भारत हुँदै बङ्गलादेशमा विद्युत् निर्यात गर्ने र भारतलाई दश वर्षमा १० हजार मेगावट विद्युत् बिक्री गर्ने सम्झौता तथा चीनमा विद्युत् निर्यात गर्ने समझदारी कार्यान्वयन गरेर अघि बढ्नुको विकल्प नभएको उल्लेख गर्दै प्रचण्डले यसका लागि विद्युत् उत्पादनमा ध्यान दिनुपर्ने बताउनुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













