काठमाडौँ, २१ माघ : जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज सम्पन्न भएको छ । तीन दिनदेखि पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा जारी बैठक सोमबार साँझ सकिएको छ ।
पूर्वी नेपालमा अहिले भइरहेको ‘नो केबलकार आन्दोलन’ माथिको सरकारी दमन र धरपकड तत्काल बन्द गरी वार्तामार्फत समाधान खोज्न आग्रह गर्दै जसपा नेपालले घाइतेको उपचार र गिरफ्तार गरिएका आन्दोलनकारीलाई अबिलम्ब रिहाइ गर्न सरकारसँग माग गरेको छ ।
किराँत–लिम्बुवानका साँस्कृतिक एवं धार्मिक आस्थाको केन्द्र पाथीभरा (मुकुम्लुङ) को प्राकृतिक संरचनालाई यथावत राख्न भइरहेको आन्दोलनमाथिको सरकारी दमन लोकतान्त्रिक मूल्य मान्यताविरुद्ध रहेको ठहर गर्दै बैठकले यसप्रकार सरकारको अलोकतान्त्रिक कदमको निन्दा गरेको छ ।
धार्मिक साँस्कृतिक आस्था र पहिचानका लागि अहिंसात्मक तथा शान्तिपूर्ण संघर्ष गरिरहेका जनतामाथि सरकारले बल प्रयोग गरेर त्यहाँका आदिवासी–जनजाति समुदायको अधिकारको हनन गरेको जसपाको ठहर छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











