बुधबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘एक्टर : टेक वन’ को प्रदर्शन तत्कालका लागि रोक्न जिल्ला अदालत काठमाडौँले आदेश जारी गरेको छ ।
डायस्परा इन्टरटेन्टमेन्ट प्रालिले चलचित्र विकास बोर्ड र फिल्म निर्माता दुई कम्पनीविरुद्ध फिल्मको नाम र कथा हुबहु चोरी गरेको भन्दै मुद्दा हालेको थियो । ‘अदालतले छलफलको टुंगो नलागेसम्म फिल्म प्रदर्शन गर्नु र नगराउनु भनी आदेश दिएको छ,’ अदालतको आदेशमा भनिएको छ ।
फिल्म कम्पनीलाई छलफलका लागि २२ गते अदालतमा उपस्थित हुन भनिएको छ । ‘एक्टर : टेक वन’ को विवाद केही समयअगाडिदेखि चलिरहेको छ ।