आइतबार, माघ २०, २०८१

युद्धविराम सम्झौता : इजरायली चार बन्धक रिहा, बदलामा २०० प्यालेष्टिनी कैदीको पनि रिहाई


गाजा सिटी, १२ माघ (रासस/एएफपी): प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास)ले शनिबारको कैदी आदानप्रदान कार्यक्रम अन्तर्गत चार जना इजरायली महिला बन्धकलाई रिहा गरेको छ ।

बन्धकहरूलाई सुपुर्दगी गरिएको गाजाको एक चोकमा रेडक्रसका चारवटा गाडीमा इजरायलतर्फबाट करिब २०० प्यालेष्टिनीलाई ल्याई उनीहरू र चार इजरायली बन्धक महिलाको आदानप्रदान गरिएको एएफपीका एक संवाददाताले बताएका छन्।

इजरायली बन्धक र बेपत्ता परिवार फोरमका अनुसार रिहा हुनेमा करिना एरिभ, डानिएला गिल्बोआ, नामा लेवी र लिरी अल्बाग रहेका छन् । कैदमा रहँदा अल्बाग १९ वर्षका भए भने अन्य सबै २० वर्षभन्दा माथिका इजरायली हुन् ।

गाजामा हमाससँग भएको युद्धविराम सम्झौताअन्तर्गत इजरायली जेलमा आजीवन कारावासको सजाय काटिरहेका १२० सहित २०० प्यालेस्टिनी कैदीको बदलामा चार जना इजरायली बन्धक सैनिकलाई मुक्त गरिएको प्यालेस्टिनी स्रोतले जनाएको छ ।

यस बिषयमा विषयमा सार्वजनिक रूपमा बोल्ने अधिकार आफुलाई नभएको बताउँदै नाम नबताउने शर्तमा स्रोतले भन्यो, “यी कैदीहरूमध्ये १२० जना आजीवन कारावासको सजाय काटिरहेका छन् ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading