बुधबार, माघ ०९, २०८१

सेयर बजार ५.०८ अंक बढे, नेप्से २६१३ अंकमा कायम, ६ अर्ब १९ करोडको कारोबार


काठमाडौँ, ८ माघः  मंगलबार सेयर बजार ५.०८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६१३ मा कायम भएको छ ।  दिनभर बजारको उतारचढाव न्यून रह्यो । परिसूचक बढ्दा पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ६ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ६ अर्ब १९ करोडको भयो ।

१०६ कम्पनीको मूल्य बढ्दा १३९ को घट्यो भने ८ को स्थिर रह्यो । यस दिन बीमा सेक्टरमा आकर्षण देखिएको छ । जीवन बीमा १.१० र निर्जीवन बीमा १.७८ प्रतिशत बढे ।  दुई पुनर्बीमा कम्पनी र टेलिकमको मूल्य बढ्दा अन्य समूह सबैभन्दा धेरै २.७९ प्रतिशत बढ्यो । विकास बैंक ०.१९, होटल तथा पर्यटन ०.७८, लगानी ०.७४, उत्पादन ०.८९, माइक्रोफाइनान्स ०.०३ प्रतिशत बढे । व्यापार समूह सबैभन्दा धेरै २.१० प्रतिशत घट्यो । हाइड्रोपावर ०.९२, फाइनान्स १.०३, बैंकिङ ०.३५ प्रतिशत घटे ।

मन्दाकिनी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । सप्तकोशी विकास बैंकको ८.०६, न्यादी हाइड्रोपावरको ७.५३, सीएचडीसीको ६.९३, नेपाल पुनर्बीमाको ५.८२, हिमालयन पावर पार्टनरको ५.५४, मुक्तिनाथ कृषि कम्पनीको ४.७ तथा हिमालयन एभरेस्ट इन्स्योरेन्सको मूल्य ४.३२ प्रतिशत मूल्य बढ्यो ।

रिभर फल्स पावरको मूल्य सबैभन्दा धेरै ८.९ प्रतिशत घट्यो । मानुषी लघुवित्तको ६.७, तथा जानाकी फाइनान्सको ५.६ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा सीएचडीसी, सप्तकोशी, नेपाल पुनर्बीमा, सुपरमादी तथा माथिल्लो मैलुङ क्रमशः अगाडि रहे ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading