04/19/2025, 22:53:47

सहिदका सपना पूरा गर्न मधेसका सबै दल एकताबद्ध हुनुपर्नेमा अध्यक्ष महतोको जोड


गोलबजार (सिरहा), ५ माघः राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीका अध्यक्ष राजेन्द्र महतोले एकतामा नै ताकत रहेको बताउँदै सहिदका सपना पूरा गर्न मधेसका सबै दल एकताबद्ध हुनुपर्नेमा जोड दिनुभएको छ ।

बलिदानी दिवसका अवसरमा लहानको सहिद पार्कमा सहिदको शालिकमा माल्यार्पण गरेपछि उहाँले मधेसी, थारु, आदिवासी, दलित एकजुट भएर आफ्ना अधिकार प्राप्तिमा लाग्नुपर्ने बताउनुभयो । उहाँले मधेस केन्द्रित दल टुट्न हुँदैन भन्नुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..