04/19/2025, 15:09:44

दयाहाङ अभिनित फिल्म ‘कार्साङ’ को कमाइ ६ दिनमा १ करोड ४५ लाख


३ माघ, काठमाडौं ।  दयाहाङ अभिनित फिल्म ‘कार्साङ’ले ६ दिनमा एक करोड ४५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । गत शुक्रबारबाट रिलिज भएको फिल्मले ६ दिनमा १ करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको फिल्मको वितरक कम्पनी आरआर फिल्म्सले जनाएको छ । यो बुधबारसम्मको तथ्याङ्क हो ।

फिल्मलाई यम शेर्पाले निर्देशन गरेका छन् । फिल्ममा दयाहाङसँगै सिर्जना निङलेखु,सँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डित लगायत कलाकारको अभिनय छ ।