04/23/2025, 19:32:54

सभापति देउवासँग अध्यक्ष लिङ्देनको भेट


काठमाडौँ, २३ पुसः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले भेट गर्नुभएको छ ।

सभापति देउवा निवास बूढानीलकण्ठमा आज भएको भेटवार्तामा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..