काठमाडौँ, मङ्सिर ११ गते ।काठमाडौँको कान्तिपथमा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–२७, कान्तिपथस्थित सडकमा बिएबी ५७२४ नम्बरको कारले बा. ८२ प. २०८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङंगाको लिखु गाउँपालिका–९ घर भएका ३४ वर्षीय सन्तोष खड्काको मृत्यु भएको हो ।
गएराति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका खड्काको केएमसी अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










