मङ्गलबार, पुष २३, २०८१

काठमाडौँका अधिकांश ठाउँमा खानेपानीका नयाँ पाइपलाइन बिच्छ्याउने कार्य अन्तिम चरणमा पुगेको छ : खानेपानीमन्त्री यादव


काठमाडौँ, २१ पुस : खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँका अधिकांश ठाउँमा खानेपानीका नयाँ पाइपलाइन बिच्छ्याउने कार्य अन्तिम चरणमा पुगेको बताउनुभएको छ । मन्त्रालयमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले नयाँ पाइपलाइन बिच्छ्याइएका ठाउँमा चाँडै मेलम्चीको पानी बितरण गरिने बताउनुभयो ।

मन्त्री यादवले भन्नुभयो, “पाइपलाइन वितरणको कार्य सकिएर परीक्षणको काम हुँदैछ ।” एक महिलाभित्र काठमाडौँ उपत्यकाभित्र नयाँ पाइपलाइन विस्तार गरिएको क्षेत्रमा मेलम्चीको पानी वितरण गरिने उहाँले दाबी गर्नुभयो । पाइपलाइनबाट भइरहेको पानी चुहावट रोक्न मातहतका निकायलाई निर्देशन दिएको मन्त्री यादवले बताउनुभयो ।

सडक मर्मत एवं निर्माण गर्ने क्रममा अधिकांश ठाउँमा खानेपानीका पाइप भत्काइएका र फुटाइएका छन् । सम्बन्धित निर्माण कम्पनी र कार्यालयले मर्मत नगरिदिँदा खानेपानी वितरण प्रक्रियामा कठिनाइ उत्पन्न भएको छ”, उहाँले भन्नुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading