04/19/2025, 15:07:11

परराष्ट्रमन्त्री राणाद्वारा प्रथम महिला राजदूत शाहप्रति श्रद्धाञ्जली


काठमाडौँ, १७ पुसः परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालका प्रथम महिला राजदूत स्वर्गीय विन्देश्वरी शाहप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

पूर्वराजदूत शाहको ९२ वर्षको उमेरमा आज बिहान निधन भएको हो । मन्त्री डा. राणाले आज दिउँसो काठमाडौँको कालिमाटीस्थित स्वर्गीय शाहको निवासमा पुगेर उहाँको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जलि दिनुभएको हो ।

परराष्ट्र सेवामा रहनुभएकी शाह विसं २०४४ मा भारतका लागि नेपाली राजदूत नियुक्त हुनुभएको थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..