काठमाडौँ, १६ पुस : संयुक्त राष्ट्र मानव अधिकार प्रमुख भोल्कर टर्कले मङ्गलबार अफगानिस्तानको तालिबान अधिकारीहरूले गैरसरकारी संस्थाहरूमा काम गर्ने अफगानी महिलाहरूमाथिको प्रतिबन्ध हटाउनु पर्ने बताउनुभएको छ ।
टर्कले भन्नुभयो,“अफगानिस्तानका अधिकारीहरूले भर्खरै गरेको घोषणाबाट म गहिरो चिन्तित छु कि एनजीओहरूले अफगान महिलाहरूलाई काम गर्न जारी राखेमा उनीहरूको इजाजतपत्र खारेज हुनेछ । यो वास्तवमै गलत दृष्टिकोण हो । स्वदेशी तथा विदेशी गैरसरकारी संस्थामा महिला कर्मचारीको काम रोक्न फलोअप सर्कुलर जारी गरिएको छ ।”
आइतबार अफगान राहत र विकासको लागि एजेन्सी समन्वय निकाय (एसिबीएआर) ले मन्त्रालयसँग भेटेर स्वास्थ्य र शिक्षामा महिला कर्मचारीलाई छुट दिने र अनलाइनमा काम गर्नेहरूले सामान्य रूपमा काम गर्न सक्ने बताएको थियो ।
टर्कले थप्नुभयो, “अफगानिस्तानमा मानवीय अवस्था नाजुक छ । आधा भन्दा बढी जनसङ्ख्या गरिबीमा बाँचिरहेका छन् । गैरसरकारी संस्थाहरूले अफगान महिला, पुरुष, केटाकेटीहरूलाई जीवन बचाउने सहायता प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्छन् ।”