काठमाडौँ, १५ पुसः सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ को टिजर सार्वजनिक भएको छ । टिजरले फिल्मको कथावस्तु र चरित्र चित्रणलाई प्रकाश पारेको छ ।
टिजरमा छोरीको सुखको लागि बाबुले गर्ने संघर्षलाई दर्शाइएको छ । बाबुको भूमिकामा सलोन बस्नेत छन् । छोरीको रोलमा आयुषी ढकाल छिन् । बस्नेत यस फिल्मका प्रस्तुतकर्ता समेत हुन् ।
टिजरमा बस्नेतलाई डेलिभरी ब्वायको भूमिकामा देखाइएको छ । बाबुछोरीको मर्मस्पर्शी दृश्यमा टिजर चित्रित छ । टिजरमा नम्रता श्रेष्ठको सलोनसँगको निकटता देखाइएको छ । पूर्वमिस नेपाल श्रेष्ठको यो डेब्यु फिल्म हो ।
सुरेश न्यौपानेको डेब्यु निर्देशन रहेको फिल्ममा दिलीप रायमाझी, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको पनि अभिनय छ । सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको फिल्ममा सुमन गजमेरको पटकथा, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत छ ।
‘रंगी’ २ फागुनदेखि प्रदर्शन तयारीमा छ ।