सोमबार, पुष ०८, २०८१

मुद्रास्फीति ‘चिन्ताजनक’ भए पनि रुसी अर्थतन्त्र ‘स्थिर’ : रुसी राष्ट्रपति पुटिन


४ पुस, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार उच्च मुद्रास्फीतिको चिन्ता व्यक्त गरे पनि बाह्य खतराहरूको सामना गर्न अर्थतन्त्र ‘स्थिर’ रहेको बताउनुभएको छ । रुसको केन्द्रीय बैंकले युक्रेनमा सैन्य आक्रमणका बीच मूल्य वृद्धिको गतिलाई सम्बोधन गर्ने आफ्नो पछिल्लो प्रयासमा शुक्रबार ब्याज दर बढाउने तयारी गरेको छ ।

समग्र अर्थतन्त्रको कुरा गर्दा बाह्य खतराहरू हुँदाहुँदै पनि रुसको स्थिति स्थिर छ, मुद्रास्फीति चिन्ताजनक सङ्केत हो”, टेलिभिजनमा प्रसारित वर्षको अन्त्यको पत्रकार सम्मेलनमा पुटिनले भन्नुभयो, “अप्रिय र नराम्रो कुरा भनेको मूल्यवृद्धि हो । तर मलाई आशा छ कि यदि समष्टि आर्थिक सूचकहरू कायम राखियो भने हामी यसलाई सामना गर्न सक्षम हुनेछौँ ।

रुसले आधिकारिक रूपमा चार प्रतिशतको मुद्रास्फीतिलाई लक्षित गरेको छ । यद्यपि सन् २०२२ फेब्रुअरीमा मस्कोले युक्रेनमा सेना पठाएयता मूल्यहरू उल्लेखनीय रूपमा तीव्र गतिमा बढेका छन् ।  मुद्रास्फीतिलाई नियन्त्रण गर्ने प्रयासमा केन्द्रीय बैंकले ब्याजदर दुई दशककै उच्च २१ प्रतिशतसम्म बढाएको छ । बैंकले शुक्रबार वर्षको अन्तिम बैठकमा फेरि ब्याजदर बढाउने तयारी गरेको छ ।

रुसले सैन्य आक्रमणमा व्यापक रूपमा खर्च बढाएको छ । लाखौँ मानिस सेनामा भर्ती भएका छन्, हतियार उत्पादकहरूले काममा लगाएका छन् वा देश छोडेर भागेका छन् । यसले गहिरो श्रम अभाव निम्त्याएको छ भने उच्च उधारो लागतले राज्यद्वारा सञ्चालित व्यवसाय र पुटिनको नजिकका व्यापारी नेताहरूलाई निराश पारेको छ ।

पछिल्लो दुई वर्षमा रुसले युरो क्षेत्रभन्दा तीव्र गतिमा विकास गरेको पुटिनले बताउनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading