छायाँनाथ रारा नगरपालिका-१० ओखलमा शनिबार खानेपानीको धारा निर्माणको लागि श्रमदान गर्नुहुँदै नगर प्रमुख बिष्णु कुमार भाम लगायत
Click on Photo to Enlarge
काठमाडौँको चन्द्रागिरि नगरपालिका-१ दहचोकमा अवस्थित काजी कालु पाण्डेको समाधिस्थलमा शनिबार घुम्न आएका आन्तरिक पर्यटक काजी कालु पाँडेको शालिक अवलोकन गर्दै
Click on Photo to Enlarge
काठमाडौँको चन्द्रागिरि नगरपालिका-१ दहचोकमा अवस्थित काजी कालु पाँडेको समाधिस्थल शनिबार घुम्न आएका आन्तरिक पर्यटक भ्यू टावरबाट दृश्य अवलोकन गर्दै
Click on Photo to Enlarge
रुकुम पश्चिमको मुसिकोट नगरपालिका–७ साँखमा आयोजित पापिनी मेलामा झाँक्री नाच प्रस्तुत गर्दै झाँक्रीहरु । यहाँ हरेक वर्ष ठूलो मेला लाग्ने गर्दछ
Click on Photo to Enlarge
तामाङ समुदायको २८६१ औँ सोनाम ल्होसारका अवसरमा नेपाल तामाङ घेदुङ जिल्ला कार्य समिति लमजुङद्वारा शनिबार बेँसीसहर बजारमा आयोजित र्यालीमा लामा नृत्य प्रस्तुत गरिँदै
Click on Photo to Enlarge
डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका–१ स्थित ल्हुरी गाउँ । यहाँ ३० घरधुरी स्थानीयबासीहरु बसोबास गर्छन
Click on Photo to Enlarge
डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका–४ नाम्दो थामवनको चरन क्षेत्रमा चर्दै गरेका चौँरीहरु । हिमाली क्षेत्रमा ढुवानी गर्ने मुख्य यातायातका साधनका रूपमा चौँरीको प्रयोग गर्ने गरेको पाइन्छ
Click on Photo to Enlarge
अछामको साफेबगरमा सञ्चालित सातौँ साफेबगर महोत्सवमा डोटीको पूर्विचौकी गाउँपालिका सानागाउँका पुरुषहरु भुवानाच प्रदर्शन गर्दै
Click on Photo to Enlarge
धनुषाको जनकपुरधामस्थित पवित्र गङ्गा सागर आरती घाटको सन्ध्याकालिन दृश्य। यहाँ साँझमा दैनिक हुने आरतीमा पर्यटकहरू सहभागी हुन्छन्
Click on Photo to Enlarge
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भवन। विसंं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति भएपछि पुनः निर्माण गरेर कार्यालय सञ्चालनमा ल्याइसकिएको छ